खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

रासस
वैशाख २, २०७८
River

लमजुङ, २ वैशाख (रासस) । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ ।

घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

उनीहरुलाई पौडी खेल्न नआएको र खोला आठ फिट गहिरो भएका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुई जना साथी पनि घाँस काट्नसँगै गएका थिए ।

सोमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेको र मुस्कान पनि खोलामा डुब्न लागेपछि पौडी नखेलेका एक जना साथीले लौरीको सहायताले सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् ।

दुवैको शव बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । आज बिहान १०÷११ बजेतिर परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • हेम्जा वोर्डिङ्गमा जुरेस गठन

    राष्ट्र न्यूज सम्वाददाता जेठ २१, २०८०
    पोखरा, २१ जेठ । हेम्जा वोर्डिङ्ग स्कूलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा समिति…
  • इन्जिनियरका लागि लाइसेन्स तयारी सम्वन्धी कार्यक्रम गर्दै सिडेन गण्डकी

    राष्ट्र न्यूज सम्वाददाता जेठ २०, २०८०
    पोखरा, २० जेठ । लोकतान्त्रिक इन्जिनियरको छाता संस्था सिडेन गण्डकी प्रदेशले इन्जिनियरहरुका लागि लाइसेन्स तयारी सम्वन्धी कार्यक्रम गर्ने भएको छ…
  • साहित्यिक साँझ – २०८० हुँदै

    राष्ट्र न्यूज सम्वाददाता जेठ १९, २०८०
    पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ । पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब…
  • हावाहुरी प्रभावित २५ परिवारलाई राहत

    राष्ट्र न्यूज सम्वाददाता जेठ १८, २०८०
    पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबको विपद्…
  • पोउवा संघको बोर्ड बैठक गिलुङमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ १७, २०८०
    पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ । ग्रामीण पर्यटन तथा…