गण्डकीमा राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लियो

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १, २०७८
Chitra-Bahadur-KC

पोखरा, १ वैशाख । गण्डकी प्रदेश सरकारको निर्णायक शक्ति मानिएको राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति प्रकाशित गरी गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन् ।
गण्डकी प्रदेश सरकारले ओलीको पक्षमा काम गरेकाले समर्थन फिर्ता लिएको स्पष्ट पारिएको छ ।

गण्डकी प्रदेश सरकार विरुद्व प्रतिपक्षबाट आउँने अविश्वासको प्रस्तावमा समर्थन रहने भन्दै नयाँ सरकारमा भने सहभागिता नरहने उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग