पोखरा, ३० चैत । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ ।
गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे ।
गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ ।
उनीहरुले सम्वन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादलले आगामी राजनीतिक समीकरणका कारण शान्ति सुरक्षामा पर्ने असर प्रति सजग रहन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा भएको गोष्ठी आइतबारदेखि सुरु भएको हो ।
पोखराको लेकसाइडस्थित माउन्ट कैलास रिसोर्टमा जारी गोष्ठी आगामी सुरक्षा रणनीति तय गर्दै आज सकिनेछ । गोष्ठीमा झण्डै ८० जनाको सहभागिता छ ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र