बलेवा, २९ चैत (रासस) । बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ ।
विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ ।
रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो । क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । फर्निचरका सबै सामग्री जलेका छन् ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष