देश वर्वादतिर गयो ः कोइराला (कार्यक्रमको भिडियोसहित)

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २८, २०७७
GP foundation

पोखरा, २८ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले देश वर्वादीतर्फ अघि बढेको बताएका छन् ।

नेता कोइरालाले संस्कार र नैतिकतामा ध्यान दिन नसक्दा आम नागरिकमाथि राजनीति अन्याय भएको बताए ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन कास्कीले शान्ति नायक स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ११ औं स्मृति दिवसमा पोखरामा आयोजना गरेको फोटो प्रदर्शनी एवं विचार गोष्ठीमा नेता कोइरालाले वर्तमान सरकार निरंकुशता र आधिनायकवाद तर्फ अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफूलाई केन्द्रमा राखेर देश चलाउँदा लोकतन्त्र धरापमा परेको उल्लेख गरे ।

नेता शेखर कोइरालाले देश र जनताको हितमा मिलिजुली सरकार छिटो भन्दा छिटो बनाउन आवश्यक भएको बताए ।अविश्वासको प्रस्ताव दर्ता गर्न ढिलो भइसकेको धारणा राख्दै सभामुखले बिजनेस नदिएको आरोपसमेत लगाए ।

नेता कोइरालाले आगामी मंसिर तथा चैत महिनामा देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको स्पस्ट पारे ।

नेता कोइरालाले पार्टी नेतृत्व नबोल्नु दुःखद् भएको टिप्पाणी गर्दै राष्ट्रियता र प्रजातन्त्र कमजोर बनाउने छुट काँग्रेसलाई नभएको उल्लेख गरे ।
पार्टी नेतृत्वप्रति समय खर्र्चेका कोइरालाले घुमाउरो पारामा आफू सभापतिको दावेदार भएको उल्लेख गरे ।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन कास्कीका अध्यक्ष यादवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेता गुरुराज घिमिरेले विश्व राजनीतिमा गिरिजा प्रसादले ३ वटा ठूला क्रान्ति गरेको उल्लेख गरे । गिरिजा प्रसादले सहमति, सहकार्य र एकताको माध्यमबाट नेपालको राजनीतिक भविष्य निर्धारण गरेको विचार राखे ।

नेतृ कमला पन्तले २०४८ देखि ०५१ सम्मको गिरिजाप्रसादको अर्थ नीतिले आजसम्म देश चलेको बताइन् ।

त्यस अवसरमा नेता जीवन परियार, नेतृ रत्ना शेरचन, जि.पी फाउन्डेसन गण्डकी प्रदेश संयोजक शारदा पौडेल, नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसी, पूर्व सभापति शुक्रराज शर्मा, यज्ञबहादुर थापा, सोभियतबहादुर अधिकारी, नेता देवराज चालिसे, खोटाङका पूर्व पार्टी सभापति सुवास पोखरेल, राष्ट्रिय सभाका सचेतक अनिता देवकोटा, पूर्व राष्ट्रिय सभा सदस्य वृन्दादेवी आले राना, अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवर, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, नेता विजयराज आचार्य, फाउण्डेसन कास्की सचिव मोतिराज तिमिल्सिना लगायतले बोलेका थिए ।

यसबीच नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिद्वारा प्रकाशित भित्तेपात्रो विमोचन भएको छ ।

संघका महासचिव केदार धमलाको नेतृत्वमा भएको विमोचनमा प्रमुख अतिथि डा. शेखर कोइरालाले श्रमिकको समस्यामा काँग्रेस प्रतिवद्ध भएको बताए ।

प्रसाद कोइराला फाउन्डेसन कास्कीद्वारा आयोजित विचार गोष्ठीमा भएको विमोचन कार्यक्रममा महासचिव केदार धमलाले श्रमिकको समस्या समाधान नभएसम्म देशमा परिवर्तनको आभाष नहुने बताए ।

धमलाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जोड्न सरकार असफल भएको बताउँदै छिटो भन्दा छिटो सुरक्षा कोषमा जोड्न काँग्रेस पार्टीले पहल गरिदिन आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै