परिवार नियोजन संघ कास्कीको ४० औं साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २८, २०७७
FPAN

पोखरा, २८ चैत । नेपाल परिवार नियोजन संघ कास्कीको ४० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

साधारण सभाले सचिव निशा भण्डारीको वार्षिक र कोषाध्यक्ष राजेश अधिकारीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष हिमालयलाल कसजुले समय अनुसार सेवाको रुप परिवर्तन गर्दै जानुपर्ने बताए । उनले प्रजनन् स्वास्थ्यको क्षेत्रमा संघले २० प्रतिशत योगदान गरेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राज्यले शिक्षा र स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको भन्दै चिन्ता व्यक्त गरे ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य ज्योती श्रेष्ठ, गण्डकी प्रदेश संयोजक उमेशराज पराजुली, पूर्व अध्यक्ष महेशरत्न शाक्य, संस्थापक सचिव डा सोमतसिंह तुलाचनले बोलेका थिए ।

नेपाल परिवार नियोजन संघ कास्कीका अध्यक्ष निरञ्जन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति नवीन सिग्देलले स्वागत र सचिव निशा भण्डारीले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives