पोखरा, २२ चैत । रेडियो अन्नपूर्णको १९ औं वृहत रक्तदान कार्यक्रममा २४३ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा १ सय ९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरे । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले रेडियोले रक्तदान कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमा विगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताए ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले रेडियोले वर्षेनी आयोजना गर्दै आएको रक्तदान कार्यक्रमले धेरै नयाँ रक्तदाता जन्माएको उल्लेख गरे ।
रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराए ।
प्राइम सहकारी संस्थाका अध्यक्ष निर्देश कोइराला, नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटीका अध्यक्ष कविराज पौडेल, नेलेम्बो नेपालका अध्यक्ष यज्ञ प्रसाद देवकोटा, रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्ल, रेडियो अन्नपूर्णकर्मी दीननाथ बरालले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
जातीय विभेद र छुवाछुतप्रति शून्य सहनशीलता सुनिश्चित गर्न इन्सेकको माग
बन्ने भयो पञ्चासे जैविक विविधता पार्क
जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता
पोखराका २० वर्षीय अभिनासद्वारा साइनबोर्ड बनाउने मेसिन निर्माण
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन पोखरामा