काठमाडौँ, १९ चैत (रासस) । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील, समावेशी समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।
नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाललगायत ११ सङ्गठनले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा विपुल पोखरेलको नेतृत्वमा रहेको समूह घोषणा गरिएको हो ।
कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार पोखरेलले प्रेस स्वतन्त्रता, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रताका लागि साझारूपमा चुनावी मैदानमा उत्रिएको बताए ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस सेन्टरका लक्ष्मी पुनलगायतले प्रतिगमनका विरुद्ध अग्रगामी सोच भएका पत्रकार मिलेर २६ औँ महाधिवेशनमा उम्मेदवारी दिएकाले मतदान गर्न आह्वान गरेका थिए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रमेश विष्टलाई समर्थन गर्दै सोही पदका उम्मेदवार ध्रुव लम्सालले उम्मेदवारी फिर्ता लिएका थिए ।
यसैगरी कोषाध्यक्ष पदका उम्मेदवार प्रकाश थापा, सचिव पदका उम्मेदवार नकुल अर्याललगायतले उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक समूहलाई सहयोग गर्ने घोषणा गर्दै विजयी बनाउन लागिपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी