पोखरा, १८ चैत । पोखरा ७ मासवार निवासी काँग्रेसका पुराना नेता प्रेमनारायण बरालको ८८ वर्षको उमेरमा निधन भएको छ ।
उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्यष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञ बहादुर थापा , काँग्रेस नेता शोभियत बहादुर अधिकारी , देवराज चालिसे ,जिल्ला उपसभापति आइ बहादुर गुरुङ , क्षेत्रीय सभापति माधव प्रसाद बास्तोला , पोषनाथ शर्मा र इकाइ सभापति नवीनराज बराल लगायतका पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देले जानकारी दिए ।
स्वः बरालका २ श्रीमती, ३ छोरा र ३ छोरी रहेका छन् । छोरा सरोज नारायण बराल नेपाली काँग्रेस पोखरा महानगर समितिका सचिव हुन् ।
यसैबीच, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा ७ का इकाइ सभापति नवीनराज बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पुग्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान