काठमाडौँ, १५ चैत (रासस) । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ ।
होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाखाबाट ९०० बढी ट्राफिक प्रहरी खटाएको जनाइएको छ ।
ट्राफिक व्यवस्थापनको योजना तयार गरी होलीमा हुनसक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै बिहानदेखि साँझसम्मै सुरक्षा कडा पारी जाँच गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए ।
होली मनाउन उच्छ्रिङ्खल तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिब्रगति र जिकज्याक गरी मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी हुईक्याउने, तीन जना चढ्ने, हेल्मेट नलगाउनेजस्ता गतिविधिमा संलग्न चालक उपर निगरानी बढाई कारवाही गरिएको उनले बताए ।
महाशाखाले आज मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ जनालाई कारवाही गरेको छ । विना हेल्मेट र तीन जना चढ्ने, लापरबाही तरिकाले सवारी चलाउनेलगायतका सवारी नियम उल्लङ्घन गर्ने एक हजार ६०९ सवारी चालकलाई कारवाही गरिएको र होहल्ला गरी सवारी चलाउने, जबरजस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने, लापरबाही तरिकाले सवारी चलाउने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे सवारी साधन होल्ड गरी कारवाही गरिएको महाशाखाले जनाएको छ ।
उपत्यकाका तीन जिल्लामा आज २१ वटा सामान्य दुर्घटनाहरू भएको महाशाखाले जनाएको छ ।
एयरपोर्टमा मोटरसाईकलको ठक्करबाट घाइते भएकी पैदलयात्री सितला सिंहको काठमाडौँ मेडिकल कलेजमा र बुढानीलकण्ठमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा घाईते चालकको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।
दुर्घटनारहित होली बनाउने विशेष योजना सहितको जाँचको क्रममा मोडिफाइ गरेको मोटरसाइकललाई कारवाही गर्दा रु ५०० दिने चाबहिलका मन्दिल श्रेष्ठलाई पक्राउ गरी कारवाहीका लागि मालीगाँउ वृत्तमा पठाएको छ भने मादक पदार्थ सेवन गरी होहल्ला गर्ने मोटरसाइकललाई कारवाही गर्न खोज्दा रु एक हजार दिन खोज्ने हरिसिद्धिका भक्तराज महर्जनलाई कारवाहीका लागि सातदोबाटो वृत्तमा पठाएको महाशाखाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives