पोखरा १४ चैत्र । पोखरा १२, १३ स्थित भद्रकाली मन्दिरको फेदमा पदमार्ग निर्माण गरिने भएको छ ।
करिब एक किलोमिटर लामो पदमार्ग निर्माण कार्य शुरु गरिएको हो ।
मन्दिर दर्शनका लागि माथि उक्लन नसक्ने भक्तजनका लागि सहज रुपमा दर्शनको व्यवस्था गर्न र गुठी जग्गाको संरक्षणका लागि सिमानामा पदमार्ग निर्माण गरिने श्री गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टिकाबहादुर कार्कीजे जानकारी दिए ।
पदमार्ग निर्माणका लागि करिब ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ । जसका लागि गण्डकी प्रदेश सरकारले २० लाख रुपैया अनुदान उपलब्ध गराएको छ । बाँकी रकम जन श्रमदान हुने छ ।
पदमार्ग शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरूङले भद्रकालीको विकासका लागि आफू प्रतिवद्व रहेको बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
माघ ४ देखि नागीधार महोत्सव
लेखनाथ महोत्सवमा आमा समूहबीच हाजिरी जवाफ
Archives
Archives