लेखनाथ पत्रकार मञ्चको अध्यक्षमा खनाल

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १५, २०७७
leknath patrakar manah

पोखरा, १५ चैत । लेखनाथ पत्रकार मञ्चको दोस्रो अधिवेशनले कविराज खनालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सुमन जिसी, सचिवमा विष्णुहरि पौडेल, कोषाध्यक्षमा राजन परियार, सहसचिवमा सचिन रानाभाट छन् ।

सदस्यहरुमा महेन्द्र ढुङ्गाना, रामशरण नेपाली, ज्योती हमाल, कृष्णप्रसाद लामिछाने, विशाल विक, सुजित परियार, सञ्जय आचार्य र ऋषिराम रानाभाट छन् ।साथै परशुराम आचार्यको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।

यस अघि अधिवेशन उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेनाले संस्था जन्माउनु मात्र ठूलो कुरा नभई संस्थालाई निरन्तरता दिनु ठूलो कुरा भएको बताए ।

पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रामजी लम्सालले सिष्ट भाषामा सूचना लिनु पर्ने बताउदै पत्रकारहरुको कार्यक्षमता अभिवृद्धि गर्ने कार्यमा जुट्न आग्रह गरे ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पेशागत हकहितका लागि सम्पूर्ण पत्रकारहरु एक जुटहुनु पर्ने बताउदै आफूले पत्रकारितालाई समाज सेवाको रुपमा लिए बताए ।

प्रेस चौतारी कास्कीका अध्यक्ष माधव वरालले नेतृत्वले संस्थालाई चलायमान बनाउनुपर्ने बताउदै लेखनाथ क्षेत्रको समृद्धिका लागि अगाडि बढ्न सुझाव दिए ।

मञ्चका अध्यक्ष भीमपाणि बरालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सल्लाहकार हरि बास्तोला, परशुराम अचार्य, संञ्चारिका समूह गण्डकी प्रदेश संयोजक स्मीता अधिकारी, सूचना सञ्जाल कास्कीका सहसंयोजक शिवराज वस्ताकोटी, दलित पत्रकार संघ कास्कीका अध्यक्ष रामशरण नेपालीले बोलेका थिए ।

अधिवेशनले सचिव विष्णुहरि पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवदेन र कोषाध्यक्ष सन्दिप पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको छ । संस्थाका उपाध्यक्ष कविराज खनालले धन्यवाद ज्ञापन गरेका थिए ।

नयाँ कार्यसमितिलाई निर्वाचन समितिका महेश्वर पाण्डे, भरतप्रसाद तिवारी र रामजी ओझाले सपथ ग्रहण गराएका थिए ।

Related News

सम्बन्धित समाचार