पोखरा, १४ चैत । नेशनल प्याव्सन कास्कीको साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले पछिल्लो समयमा विद्यालय सञ्चालन गर्न प्रतिकुल अवस्था रहेकोले यसलाई अनुकुल बनाउँदै लैजानुपर्ने बताए ।
नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख याम खड्काले विद्यालयको गुणस्तर वृद्धि गर्न नसके विद्यालय धरासयमा पर्ने बताए ।
नेशनल प्याव्सनका केन्द्रीय सदस्य रामबहादुर थापाले संस्थागत विद्यालयलाई नेपाल सरकारले हरेक तवरले दाबाब दिन थालेको बताउँदै संस्थागत विद्यालयहरु एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे ।
नेशनल प्याव्सनका केन्द्रीय सदस्य रामबहादुर मोचीले शिक्षण पद्धतीमा परिमार्जीत गरेर लैजानु अहिलेको आवश्यकता भएको बताए ।
कार्यक्रममा नेशनल प्याव्सनको केन्द्रीय सदस्य मनोनित भएकोमा नेशनल प्याव्सन कास्कीका निवर्तमान अध्यक्ष रामबहादुर मोचीलाई सम्मान गरिएको थियो ।
साधारण सभाले नेशनल प्याव्सन कास्कीका सचिव मनकाजी गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रत्ना गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेले स्वागत र सचिव मनकाजी गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives