पोखरा, १४ चैत । नेपाल रेडक्रस सोसाईटी पोखरा – १२ उपशाखाले मृगौला तथा पित्त थैलीको निःशुल्क परिक्षण शिविर गरेको छ ।
शिविरमा एक सय ७६ जनाको परिक्षण गरिएको सचिव कुश्मराज आचार्यले जानकारी दिए ।
परिक्षण गरिएका मध्य एक सय १६ जना महिला र पुरुष ६० जना छन् । शिविरमा भिडियो एक्सरेबाट परिक्षण, रगतबाट मृगौला परिक्षण र रगतको माध्यमबाट मधुमेह परिक्षण गरिएको थियो ।
आस्था किड्नी स्पेसलाइज्ड अस्पताल, कालीगण्डकी डाइग्नोष्टिक सेन्टर र पोखरा १२ वडा कार्यालयको सहयोगमा शिविर गरिएको हो ।
कार्यक्रममा डा. विश्वराज वस्ताकोटी, डा. अमृत केसी, डा. परिवर्तन बरालको टोलीले परिक्षण गरेको थियो । पोखरा महानगरपालिका वडा नं १२ का वडाध्यक्ष रामबहादुर कार्कीले शिविर उद्घाटन गरेका थिए ।
त्यस अवसरमा आस्था किड्नी स्पेसलाइज्ड अस्पतालका प्रमुख डा. अमृत केसी, नेपाल रेडक्रस सोसाईटी कास्कीका सदस्य सन्तोष अधिकारीले बोेलेका थिए ।
नेपाल रेडक्रस सोसाईटी पोखरा – १२ उपशाखाका सभापति सूर्यप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव कुश्मराज आचार्यले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस