पोखरा, १४ चैत । नेपाली काँग्रेस कास्कीले पार्टीका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधनले पार्टीलाई स्तब्ध बनाएको जनाएको छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले शनिवार जारी गरेको शोक विज्ञप्तिमा नेता जोशीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।
पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, शालिन व्यत्तित्व, कुशल संगठक, इमान्दार, त्यागी, कार्यकर्ता र जनताका बीचमा लोकप्रिय नेता जोशीको निधनले शुभेच्छुक र प्रजातन्त्रवादीलाई स्तब्ध बनाएको शोक विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै आमा,धर्मपत्नी,परिवारजन र आफन्तमा समवेदना व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
हावाहुरी र चट्याङ : पाँचको मृत्यु, ११ घाइते
बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै