ताप्लेजुङ, १३ चैत (रासस) । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् ।
साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रणमा आएको छैन ।
नजिकै रहेका घरसमेतमा जोखिम बढेको छ । हावाहुरी चलिरहेकाले र पानी नभएकाले आगो थप फैलिरहेको हो । समयमा नियन्त्रण हुननसके नजिकैका घरसमेतमा क्षति पुग्ने देखिएको कालिकोटेले बताए ।
Related News
सम्बन्धित समाचार
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
व्यवसायी शर्मा सम्मानित
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच