गोरखा, १२ चैत (रासस) । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ ।
सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
दिउँसोदेखि नै सल्किएको डढेलोले जङ्गल छेउमा रहेको विद्युत्को फ्युज बक्समा आगलागी भएर आगो लागेपछि अन्य राति स्थानीयवासीसँगै आगो निभाउन गएका मगरको जलेर मृत्यु भएको दाहालले बताए ।
अन्दाजी १३÷१४ वर्षका अन्य चार÷पाँच जना स्थानीय बालबालिकासँगै मगर राति डढेलो निभाउन गएका थिए ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक सन्तबहादुर लामाको नेतृत्वमा गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि आरुघाट प्राथामिक स्वास्थ्य केन्द्र पठाइएको उनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क
पोखरा – १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण