गण्डकी, १२ चैत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्य पहाडी लोकमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ ।
गाउँपालिकाका बिभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान,काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए ।
मादी गाउँपालिका खण्डमा कूल १६ किलोमिटर दुरी रहने बताउँदै उनले लोकमार्ग अन्तर्गतका बिभिन्न ठाउँमा कामहरु तिब्ररुपमा अघि बढेको उल्लेख गरे ।
उनका अनुसार लोकमार्गको कास्की, बागलुङ र पर्वतको कूल २४५ किलोमिटर मध्य ८० प्रतिशत काम सम्पन्न भई सकेको छ । यस खण्डको बिभिन्न १२ ठाउँबाट काम भइरहेको उनले जानकारी दिए ।
मध्य पहाडी क्षेत्रका सर्वसाधारको भाग्य र भविष्यमा महत्वपूर्ण भूमिका खेल्ने ठानीएको लोकमार्गको काम थालिएसंगै मादी र आसपासका स्थानीयमा खुशी छाएको जिल्ला समन्वय समिति कास्कीका सदस्य बृहस्पति सापकोटाको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ घाइते
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला
पोखरा खानेपानी सुधार आयोजनाको ८५ प्रतिशत काम सकियो
एन प्याब्सनले अमर प्रहरीका छोराछोरीलाई निःशुल्क शिक्षा दिने
अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी