भारतमा कोरोना भाइरसको सङक्रमण बढन थालेपछि नेपालमा फैलिन नदिन वीरगञ्ज भन्सार नाकामा सतर्कता अपनाएर टाङगामा यात्रुको परीक्षण गरिँदै । जिल्लास्तरीय कोभिड१९ सङकट व्यवस्थापन समितिले भारतबाट आउनेको सिमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुको एन्टिजिन टेस्ट गर्ने र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने जनाएको छ । तस्वीर ः सफल खतिवडा,रासस
विराटनगर, ११ चैत (रासस) । प्रदेश नं १ मा गएको २४ घण्टाको अवधिमा १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार उक्त अवधिमा ३२२ जनाको पिसिआर परीक्षण गरिएकामध्ये सात पुरुष र छ महिला गरी १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
सङ्क्रमित हुनेमा विराटनगरका महानगरपालिका– १०, सुनसरीको इनरुवाका दुई र धरानमा एक पुरुषमा रहेका छन् ।
प्रदेश नं १ मा हालसम्म दुई लाख २८ हजार ८६२ जनाको पिसिआर परीक्षण गर्दा ३० हजार ३०७ जनामा कोरोना सङ्क्रमण देखिएकामध्ये २९ हजार ७९७ जना निको भई घर फर्केका छन् ।
यसैगरी प्रदेशमा ४४ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म ४६६ जनाको मृत्यु भएकोे छ । प्रदेशमा कोभिड–१९ विरुद्धको खोप दुई लाख ९८ हजार ८५३ लाई लगाइएको छ ।
भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि नेपालमा फैलिन नदिन नेपाल भित्रिने नाकाहरुमा कडाई गर्न थालिएको छ ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक