पोखरा, १० चैत । मेची महाकाली बुहारी संयुक्त आवाजले वालिङ नगरपालिकास्थित नेपाल आदर्श माविमा राष्ट्रिय खेलाडी अस्मिता रन्पाललाई सहयोग गरेको छ ।
संंस्थाले उनलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । त्यस्तै विद्यालयका ४५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ ।
खेलाडीलाई प्रोत्साहन गर्न महाकाली संयुक्त आवाजले रम्पाललाई सहयोग गरेको बाग्मती प्रदेश संयोजक विनिता अधिकारीले जानकारी दिइन् ।
विद्यालयका प्रधानाध्यापक होमकान्त गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँड र उपमेयर कल्पना तिवारीले अस्मितालाइ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा