सिलिण्डर पड्केर छ घाइते

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ९, २०७७
Gas-Cylinder-Blast

भक्तपुर, ९ चैत (रासस) । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित छ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार पसलमा खाजा बनाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।

आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडाँै कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए ।

त्यस्तै खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उनले जानकारी दिए ।

आगलागीबाट पसलमा रहेका दुई थान फ्रिज, झ्याल, ढोका र भाँडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • साहित्यिक साँझ – २०८० हुँदै

    राष्ट्र न्यूज सम्वाददाता जेठ १९, २०८०
    पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ । पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब…
  • हावाहुरी प्रभावित २५ परिवारलाई राहत

    राष्ट्र न्यूज सम्वाददाता जेठ १८, २०८०
    पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबको विपद्…
  • पोउवा संघको बोर्ड बैठक गिलुङमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ १७, २०८०
    पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ । ग्रामीण पर्यटन तथा…
  • पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या

    राष्ट्र न्यूज सम्वाददाता जेठ १६, २०८०
    पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ । वैशाख १० गतदेखि विशेष…
  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…