पोखरा, ९ चैत । लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ ।
क्लवले आइतबार गरेको पत्रकार सम्मेलनमा क्लवका डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले पोखरामा चैत १४ गते कन्भेन्सन हुने जानकारी दिए । कन्भेन्सन पोखराको प्रदर्शनी केन्द्रमा हुने छ ।
कन्भेन्सनमा ४ हजार लायनहरु सहभागी हुने छन् । कन्भेन्सनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
पोखरामा हुने लागेको कन्भेन्सन सहमतिको कन्भेन्सन हुने दाबी गरिएको छ । यसअघि चुनावी प्रतिष्पर्धामार्फत नेतृत्व चयन गरिदै आएपनि यस पटक सहमतिबाट निर्विरोध नेतृत्व चयन हुने पूर्व गभर्नर धनराज आचार्यले जानकारी दिए ।
लायन्स क्लब्स ईन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको डिष्ट्रिक्ट गभर्नरमा पोखराका विशेश्वर आचार्य, फष्र्ट भाइस गभर्नरमा महेन्द्र पौडेल र सेकेण्ड भाइस गभर्नरमा मनिश्री रत्न बज्राचार्यले उमेद्वारी दिएका छन् । उनीहरुबिरुद्ध कसैकोपनि उमेद्वारी नपरेकाले तीनै जना यसपटक निर्विरोध निर्वाचित हुने आचार्यले बताए ।
कन्भेन्सनको लायन्स क्लव अफ पोखरा माछापुच्छ«े भिलेजसहित पोखरा क्षेत्रका क्लवहरुले होस्ट गर्ने नवौं डिष्ट्रिक्ट कन्भेन्सन आयोजक समितिका कन्भेनर लायन शिवराज आचार्यले जानकारी दिए । उनका अनुसार कन्भेन्सन तयारीका लागि २८ वटा उप–समिति बनाएर काम भइरहेको छ ।
कन्भेन्सनको पूर्व सन्ध्यामा चैत्र १३ गते काठमाडौंबाट पोखरासम्म कार ¥याली र कन्भेन्सनको दिन विहान परेडसमेत हुने आचार्यले जानकारी दिए ।
पोखराको चिप्लेढुंगाबाट बाजागाजासहित शुरु हुने परेड नयाबजारस्थित प्रदर्शनी केन्द्रमा पुगेर कन्भेन्सनको उद्घाटन शत्रमा परिणत हुने छ ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक