पोखरा, ८ चैत । नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला मुस्ताङ थासाङ गाँउपालिका वडा नं ४ बस्ने १८ वर्षीय विपिन लगुन वि.क छन् ।
पोखरा महानगरपालिका वडा नं. १४ स्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गरी शंकास्पद हर्कत गरेपछि त्यहाँ खटिएको नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।
सेनाले वि.क नेपाली सेनामा कार्यरत नभएको प्रतिवेदनसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाएको छ ।
उनको साथबाट नेपाली सेनाको सहायक सेनानी दर्जाको दर्ज्यानी चिन्ह सहित पोषाक (चुस्ता), बुट, श्री भगवतीदल गण पोखरा लेखिएको परिचय पत्र, कालो रंगको नक्कली वाकिटकी रेडियो सेट बरामद गरिएको छ ।
Related News
सम्बन्धित समाचार
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते