पोखरा, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोनाको त्रास बढ्दै गएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
केही साता यता विश्वभरी र खासगरी छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण नेपालमा पनि त्रास बढेको जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरी देशभर सभा, जुलुस, ¥याली, भेला, बैंठक, जमघट, सेमिनार र गोष्ठि नगर्न अनुरोध गरेका छन् ।
विज्ञप्तिमा सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, साबुन पानीले राम्रोसँग हात धुन र सेनिटाइजर प्रयोग गर्न र जनस्वास्थ्यका मापदण्ठ पालना गर्न अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–मुग्लिन सडक ः १७ ठाउँ उच्च जोखिममा
भारी वर्षाको सम्भावना
सडकमा खानेकुरा बेच्न निषेध
चट्याङ लागेर दुईको मृत्यु
हवाई उडान प्रभावित