चितवन, ८ चैत (रासस) । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने
फेवातालमा डुङ्गा पल्टियो, एकको मृत्यु, पाँचको उद्वार
पश्चिमाञ्चल क्याम्पसमा कम्प्युटर परीक्षा प्रणालीबाट स्नातकोत्तर तहको प्रवेश परीक्षा