झापा, ७ चैत (रासस) । गणतन्त्र नेपालका प्रथम राष्ट्राध्यक्ष तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको शालिक आज अनावरण गरिएको छ ।
झापामा स्थापना गरिएको यो उनको पहिलो शालिक हो ।
कोइरालको ११औँ स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस क्षेत्रीय समितिले मेचीनगर नगरपालिका–१० धुलाबारीस्थित कार्यालयमा निर्माण गरेको शालिकको अनावरण गरिएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले शालिकको अनावरण गरे।
भारतको जयपुरबाट नेपाली रु एक लाख २० हजारमा खरिद गरेर उहाँको अर्धकदको प्रतिमा ल्याइएको नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति मणि उप्रेतीले जानकारी दिए।
उनले नेपाली राजनीतिका शिखर पुरुष कोइराला स्मृतिलाई जीवन्त राख्न कार्यालयको बरण्डामै उहाँको शालिक राखिएको बताए । शालिक निर्माणका लागि पार्टीका कार्यकर्ताबाटै रकम सङ्कलन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित
कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि गायिका समीक्षा अधिकारी आउने
कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने
गिद्धदेखि गैँडासम्मः लाटोकोसेरो प्रेमीको अविस्मरणीय यात्रा (फोटो फिचर–राजु आचार्य)