पोखरा, ७ चैत । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) गण्डकीको पोखरामा सम्पन्न दोस्रो भेला तथा अधिवेशनले आगामी चार वर्षका लागि सहदेव पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको खुल्ला उपाध्यक्ष बलराम अधिकारी, महिला उपाध्यक्ष गोमा कुमारी श्रेष्ठ, सचिव पुरुषोत्तम कोइराला, सहसचिव मनोज पन्त, कोषाध्यक्ष शुशील बास्तोला छन् । समितिको सदस्यमा इन्द्रहरी खनाल, प्रदिप गौतम, खेम पौडेल, हेम भुर्तेल, लोकराज कोइराला, अर्जुन ढकाल र गणेश जिसी छन् ।
निर्वाचित अध्यक्ष सहदेव पौडेलले कृषि प्राविधिकलाई समेट्दै समस्या समाधानमा प्राथमिकता दिने बताए ।
निर्वाचन संयोजक एवं कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, नेपाल पत्रकार महासंघ कास्कीकी उपाध्यक्ष विमला भण्डारी, नेल्टाका अध्यक्ष जनकबहादुर रावल, महासचिव सुरेश श्रेष्ठ लगायतले निर्वाचित कार्य समितिका पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एचआईभी संक्रमित बालबालिकाको अधिकार सुनिश्चित गर्न माग
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक