स्ववियु निर्वाचन माग राख्दै ४५ दिनदेखि अनशन

रासस
चैत्र ६, २०७७
nsu

काठमाडौँ, ६ चैत (रासस) । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन माग गर्दै ४५ दिनदेखि रिले अनशन बसेको छ ।

नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिको आयोजनामा विभिन्न माग राखेर किर्तिपुरस्थित उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेको हो ।

नेविसङ्घले स्ववियु निर्वाचनसँगै कोभिड–१९ का कारणले लामो समयपछि भएको परीक्षा र त्रिवि नतिजा प्रकाशनमा भएको ढिलाइले विद्यार्थीको शैक्षिक सत्र गुम्ने अवस्था भएकाले परीक्षाको नतिजा एक महिनाभित्र सुनिश्चितताको माग राख्दै अनिश्चितकालिन रिले अनशन बसेको नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले जानकारी दिए ।

त्रिविको क्यालेण्डरअनुसार नयाँ भर्ना प्रक्रिया शुरु गर्नुपर्ने, नेविसङ्घ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, त्रिविको प्राध्यापक तथा विद्यार्थी सङ्गठनको नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने तथा झुटा मुद्दा लगाउने काम बन्द गर्नुपर्ने बताएको छ ।

जारी अनशनलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा रामशरण महत, अर्जुननरसिंह केसी, नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले ऐक्यबद्धता जनाइ सकेका छन् ।

आफूले राखेका जायज माग पूरा नगरे आमरण अनशन बस्ने नेविसङ्घका नेता धर्मराज शाहीले बताए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशको शिक्षा नमुना बनाउनुपर्छ – श्रेष्ठ

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २१, २०७८
    पोखरा, २१ साउन । गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेशको शिक्षा…
  • करेन्ट लागेर दाजुभाइको मृत्यु

    रासस श्रावण २१, २०७८
    बैतडी, २१ साउन (रासस) । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…
  • सङ्क्रमितले भरिए अस्पताल

    रासस श्रावण २०, २०७८
    झापा, २० साउन (रासस) । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका…
  • मन्त्रिपरिषद्ले ग¥यो यस्तो निर्णय

    रासस श्रावण १९, २०७८
    काठमाडौँ, १९ साउन (रासस) । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आयोगको…
  • सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

    रासस श्रावण १९, २०७८
    शरद शर्मा काठमाडौँ, १९ साउन (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका…