पोखरा, ५ चैत । दुग्ध विकास संस्थानले पोखरामा पनि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको छ ।
संस्थानले पोखराको सृजनाचोकमा विक्री केन्द्र स्थापना गरी बिहीबारदेखि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको हो ।
पोखरामा नियमित रुपमा दुग्धजन्य पदार्थ उपलब्ध गराएर सहज रुपमा उपभोक्ता माझ पु¥याउने संस्थानले जनाएको छ ।
विक्री केन्द्रमा दही, ध्यू, पनिर, बटर, चिज, फ्रेस मिल्क लगायतका १२ भन्दा बढी दुग्धजन्य पदार्थको विक्री वितरण हुने विक्री केन्द्र प्रमुख हरिराम पौडेलले जानकारी दिए ।
पोखरामा स्थापना गरिएको विक्री केन्द्रको शुभारम्भ गर्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय गण्डकी प्रदेशकी सचिव सवनम सिवाकोटीले संस्थानको सेवालाई कृषक र उपभोक्ता माझ पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिइन् ।
दुग्ध विकास संस्थानका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले संस्थानले विक्री केन्द्र विस्तार गर्ने क्रममा पोखरामा पनि शुरु गरिएको बताए ।
उनले संस्थानमार्फत् शहरको पैसा गाउँ पुगेको र गाउँको दुध शहर झरेको बताए । उनले हाल प्रत्येक दिन एक लाख ७५ हजार लिटर दुध संस्थानमा संकलन हुने गरेको जानकारी दिए ।
कार्यक्रममा संस्थानका बजार विभाग प्रमुख संजीव झाले पनि बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
बढ्यो सुनको मूल्य
स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात
क्रियटिभ व्यूटीको डिलर श्रेना व्यूटिपार्लर
घट्यो सुनको मूल्य
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट