पोखरा, ३ चैत । पोखरामा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी पर्वत कुस्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका गिरीको साहारा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग १८ प ४८१४ नं.को मोटरसाइकल पोखरा महानगरपालिका–२ सराङकोट सडक खण्डस्थित गुम्बा नजिक दुर्घटना भएको थियो । मोटरसाइकल अनियन्त्रित भएर सडकदेखि ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मोटरसाइकल पछाडि सवार ३२ वर्षीय गोविन्द गिरी घाइते भएका छन् । उनको फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा