विश्व कीर्तिमानी आरोही मिङमा ग्याबु शेर्पा आइतबार ताप्लेजुङको सामुदायिक रेडियो तमोरले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा । तस्वीर ः सन्तोष पुर्कुटी, रासस
ताप्लेजुङ, १ चैत (रासस) । कीर्तिमानी नेपाली आरोही मिङ्मा ग्याबु शेर्पालाई गृह जिल्ला ताप्लेजुङमा स्वागत तथा सम्मान गरिएको छ ।
विन्टर सिजनमा विश्वकै दोस्रो अग्लो हिमाल (माउण्ट केटु) आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पालाई यहाँस्थित पहिलो सामुदायिक रेडियो, रेडियो तमोरले आज स्वागत तथा सम्मान गरेको हो ।
रेडियोले सदरमुकाम फुङ्लिङमा स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी शेर्पालाई स्वागत गरेको हो । शेर्पा गत फागुन १८ गते मेरिङ्देन गाउँपालिकामा पर्ने दोभान बजारमा भएको आगलागीबाट प्रभावित परिवारलाई राहत दिन गृह जिल्ला ताप्लेजुङ आएका थिए ।
उनले नेपाल पर्यटनका दृष्टिले सम्भावना बोकेको मुलुक हुँदाहुँदै पनि अपेक्षा गरेअनुसार पर्यटन क्षेत्रले फड्को मार्न नसकेको बताए ।
धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले धनी मानिएको नेपाल अन्य मुलुकको तुलनामा पर्यटन प्रवद्र्धनका हिसाबले धेरैपछि परेको बताउँदै उनले पर्यटन क्षेत्रलाई सबैले मिलेर व्यवस्थित गर्न आवश्यक भएकोमा जोड दिए ।
शेर्पा संसारका आठ हजार मिटरमाथिका १४ हिमाल आरोहण गर्ने सबैभन्दा कान्छा आरोही हुन् । छोटो अवधि अर्थात् ६१ दिनमा नै सगरमाथा तथा माउण्ट केटु हिमाल आरोहण गरेर कीर्तिमानी बनाएका शेर्पा ताप्लेजुङको लेलेपमा जन्मेका हुन् ।
Related News
सम्बन्धित समाचार
विद्यालय नाटक महोत्सव सकियो, १५ नाटक मञ्चन
शंका र गालि नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा
बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई