तरुण दलको कार्यक्रममा ३६ जनाले गरे रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १, २०७७
Tarun dal

पोखरा, १ चैत । नेपाल तरुण दल वडा कार्यसमिति पोखरा ६ ले आइतबार खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ पोखरा ६ बाराहीघाटमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए ।

रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता रामजी कुँवरले जनताका आवश्यकता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले तरुण दलले सामाजिक उत्तरदायित्वका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको उल्लेख गरे ।

कार्यक्रममा सामाजिक संघसंस्था समन्वय विभागका सदस्य दीपकवीर कुँवर, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, तरुण दल कास्कीका पूर्व अध्यक्ष लक्ष्मीबहादुर भट्टराई, पोखरा ६ का वडाध्यक्ष जगत पहारी, नेपाली काँग्रेस पोखरा ६ का सभापति वलराम गिरी, नेवि संघका विकास थापा, पूर्व इकाइ सभापति नेत्रपाणि न्यौपाने, गण्डकी टेलिभिजनका अध्यक्ष राजकुमार केसीले बोलेका थिए ।

नेपाल तरुण दलका इकाइ सभापति महेन्द्र पहारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता सन्तोष पौडेलले स्वागत र सचिव सचिव प्रकाश न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives