वालिङमा युआरएलको शाखा, बैशाखबाट पोखराको हस्पिटलचोकमा पनि

राष्ट्र न्यूज सम्वाददाता
चैत्र १, २०७७
URL waling

पोखरा, १ चैत । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) प्रदेशभरि सेवा विस्तारमा जुटेको छ ।

पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएलले शनिबारबाट वालिङमा सेवा सुरु गरेको हो ।

वालिङ, गल्याङ, भीरकोट, चापाकोट नगरपालिका, कालिगण्डकी गाउँपालिका आसपासका सेवाग्राहीलाई सेवा दिन शाखा स्थापना गरी सेवा सुरु गरिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । युआरएलको शाखा वालिड नगरपालिका वडा नं. ८ तल्लो वालिङमा छ ।

पोखराकै हस्पिटलचोकमा पनि शाखा खोल्ने युआरएलको तयारी छ । आगामी वैशाख पहिलो साता हस्पिटलचोक शाखाले सेवा दिने अध्यक्ष पन्तले बताए । उनले भने, ‘सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेको युआरएल गण्डकी प्रदेशका मुख्य बजारमा शाखा स्थापना गरी सबैलाई गुणस्तरीय सेवा दिन प्रतिवद्ध छ ।

शाखा सुरुआतको अवसरमा रक्त परीक्षणमा विशेष छुटको समेत व्यवस्था रहेको सिइओ भूपेन्द्रराज पाण्डेयले बताए । मेडिकल बायोकेमिस्ट, टेक्नोलोजिस्ट, टेक्निसियन गरी ५ जना यहाँ कार्यरत छन् ।

पूर्ण स्वचालित फुल्ली अटोमेटिक एनालाइजर मेसिनबाट रक्त परीक्षण गरी तुरुन्तै रिपोर्ट दिइने जनाइएको छ । २०७० सेवा सुरु गरेको युआरएलका प्रधान कार्याल पोखरासहित तनहुँको दमौली, दुलेगौंडा र लमजुङको बेशीसहरमा शाखा सञ्चालन भएका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives