गलकोट, २९ फागुन (रासस)। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्।
बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय दोस्रो र तेस्रो प्रतिनिधिसभालाई सम्बोधन गर्दै कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए ।
“लोकतन्त्र र कांग्रेस सङ्कटमा छ, जसकारण नेपाल नै सङ्कटमा धकेलिन थाल्यो”, पौडेलले भने, “कांग्रेसले समीक्षा गर्ने बेला आएको छ, देश जोगाउन पहिला कांग्रेस सच्चिन आवश्यक रहेको छ ।” उनले पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै कांग्रेस कसका कारण सकिँदैछ भन्ने कुरा छर्लङ्ग भएको बताए ।
कम्युनिष्ट फुटेर चिराचिरा पर्दासमेत कांग्रेसप्रति जनता आउन नसक्नुका पछाडि कांग्रेसको नेतृत्व नै कमजोरी रहेको भन्दै अब सच्चिएर जानुपर्ने बताउँदै कांग्रेसको उपचार माथिबाट नभएर तलबाटै गर्न आवश्यक रहेको उल्लेख गरे ।
“अब माथिबाट कांग्रेस सुध्रिन्नजस्तो छ”, पौडेलले भने, “जनस्तरबाटै उपचार विधि खोजौँ ।” उनले राष्ट्रको सङ्कट बचाउन कांग्रेस सक्षम भए पनि आन्तरिक किचलो अन्त्य गर्न आवश्यक रहेको बताए । उनले देशको हित हुन्छ भने देउवाको नेतृत्वमा कांग्रेस सरकारमा जान तयार रहेको बताए ।
Related News
सम्बन्धित समाचार
शंका र गालि नगरौं, सरकारलाई सहयोग गरौं – मन्त्री सिंखडा
बिनु र तारालाई मिना सिर्जनशील समावेशी पुरस्कार
पोउवा संघको ६९ औं वार्षिक अधिवेशन
राधा–लक्ष्मी स्मृति पुरस्कार शिक्षासेवी चतुरमानलाई
संविधान दिवसमा एमाले गण्डकीको “संचारकर्मीसंग नेकपा (एमाले)“ कार्यक्रम