डेरी उद्योगमा करिब ३० अर्ब लगानी

राष्ट्र न्यूज सम्वाददाता
फागुन २९, २०७७
dayri

पोखरा, २९ फागुन । नेपालमा निजी डेरी उद्योगमा करिब ३० अर्ब लगानी भएको छ ।

डेरी उद्योगमा ३० हजार बढी प्रत्यक्ष र ५ लाख किसान परिवार आश्रित छन् ।

नेपालमा अहिले प्रतिव्यक्ति ७८ लिटर दूधको उपलब्धता रहेको डेरी उद्योग संघले जनाएको छ । तर दूधमा आत्म हुन प्रतिव्यक्ति बार्षिक ९१ लिटर आवश्यक पर्ने विश्व खाद्य तथा कृषि संगठनले सिफारिस गरेको छ ।

नेपालमा अझै प्रतिव्यक्ति वार्षिक १३ लिटर दूध अपुग छ । अहिले दूधको उत्पादन २२ लाख ६८ मेट्रिक टन हुने गरेको छ । त्यसमा गाईको झण्डै ३५ प्रतिशत र अरु भैंसीको रहेको छ ।

मौसम अनुसार दूध उत्पादन हेर्दा जाडो महिनामा उत्पादन बढि र गर्मीमा अभाव हुने गरेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । संघका अध्यक्ष दाहालले भारत तथा तेस्रो देशबाट झण्डै २ अर्ब भन्दा धेरैको आयात गर्नुपरेको जानकारी दिए ।

तथ्यांक अनुसार नेपालमा ठुला ४, मझौला ३०, साना ५०, घरेलु तथा साना गरी ५ सय भन्दा धेरै दूध उत्पादन गर्ने डेरीहरु छन् । तर स–साना खाद्यको अनुज्ञापत्र र लेवल विना सञ्चालन गरेका कारण उपभोक्ताले गुणस्तरको दूध पाउन नसकेका संघले जनाएको छ ।

यसैबीच डेरी उद्योग संघको १२ औ वार्षिक सधारणसभा पोखरामा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दैै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले गोठदेखि ओठसम्म गुणस्तर कायम गर्नुपर्ने बताए ।

राष्ट्रिय दुग्ध विकास वोर्डका महानिर्देशक डा राजेन्द्र यादवले सरोकारवालाबीच समन्वय नहुँदा डेरी क्षेत्रमा समस्या बढेको उल्लेख गरे ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले हरेक पेशा र व्यवसायमा मर्यादीत बन्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives