पोखरा, २९ फागुन । अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा गन्थन डटकमका प्रबन्ध निर्देशक कमल सुवेदी चयन भएका छन् । आज भएको संघको साधारणसभा तथा प्रथम अधिवेशनबाट सुवेदी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
यस्तै संघको उपाध्यक्षमा सरिता तिमिल्सिना, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा अनिता घिमिरे चयन भएका छन् । त्यस्तै सुरज थापा, शिव न्यौपाने, जैनव खातुन, राजु गिरी तथा अर्जुन थापा सदस्य पदमा चयन भएका छन् ।
अध्यक्षमा चयन भइसकेपछि बोल्दै अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वको टिमले अनलाइनलाई व्यवस्थित बनाउनेतर्फ ध्यान दिने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता