दमौली, २८ फागुन (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित सेती नदीले बगाएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका ४६ वर्षीय भीमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।
नुहाउने क्रममा नदीले बगाएर थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
नदीले बगाएर बेपत्ता भएका थापालाई कपडा राखिएको ठाउँभन्दा एक किलोमिटर पर भेटिएको थियो । नदीमा बगेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
Related News
सम्बन्धित समाचार
हावाहुरी र चट्याङ : पाँचको मृत्यु, ११ घाइते
बस दुर्घटनाः पाँचको अवस्था जटिल, एक बेपत्ता
हावाहुरीको कारण मृत्यु हुने तीन जनाको सनाखत
जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै