पोखरा महानगरपालिका६स्थित केदारेश्वर मन्दिर परिसरमा शिवरात्रीको अवसरमा दर्शन गर्न भक्तालुको भीड । तस्वीर ः राधिका कँडेल ÷रासस
पोखरा, २७ फागुन । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा भक्तजनको भीड बढिरहेको छ । भक्तजनको सुविधाका लागि मन्दिरहरुमा सहजसँग पूजा अर्चना गर्ने वातावरण बनाइको छ । पशुपतिमा लाखौँ भक्तजनको भीड लागेको छ ।
महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नुअघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लाग्यो ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुशी पार्ने विशेष दिन हो । बिहीबार दिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
पोखराका २० वर्षीय अभिनासद्वारा साइनबोर्ड बनाउने मेसिन निर्माण
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ के को प्रथम सम्मेलन पोखरामा
नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण
क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो
कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण