पोखरा, २६ फागुन । पोखरामा महाशिवरात्रीका लागि उखु भित्रिएको छ ।
पोखरा ९ मा रहेको कृषि बजारबाट मङ्गबारदेखि नै उखु विक्री हुन शुरु भएको छ ।
पोखरामा धादिङ, गोरखा र सुनसरीको उखु आएको छ । अन्यको तुलनामा बढी उखु गोरखाबाट आएको छ ।
विगतका वर्षमा भन्दा यसवर्ष कम उखु भित्रिएको व्यापारीको भनाइ छ । पोखरामा खानका लागि धराने र फ्रुसे जातको उखु आएको छ ।
उपभोक्ताले एक थान उखुको मूल्य ८० देखि एक सय २० सम्म तिर्नुपर्ने अनुमान गरिएको छ । शिवरात्रीको दिन पड्काउन प्रयोग गरिने उखुको मुख्य भने २५ देखि ३५ रहेको छ ।
गतवर्ष शिवरात्रीको समयमा पोखरामा ४१ मेट्रिक टन(करिब ७० लाख मूल्यको उखु) भित्रिएको थियो ।
मङ्गबारसम्म पोखरामा करिब ३० लाख मूल्य बराबरको २१ मेट्रिक टन उखु भित्रिएको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक महेन्द्रसिंह थापाले जानकारी दिए ।
गतवर्ष कम उखु खपत भएका कारण यसपटक कम उखु भित्रिने अनुमान गरिएको छ । गतवर्षभन्दा उखुको मूल्य नबढेको भएपनि कम आएका कारण केही महंगो हुन सक्ने थापाको भनाइ छ । बुधबार र बिहीबार पोखराको बजारमा उखु किन्नेको घुइँचो लाग्ने छ ।
यसवर्षको महाशिवरात्री पर्व फागुन २७ गते बिहीबार परेको छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघको बोर्ड बैठक गिलुङमा
पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने