झापा, २५ फागुन (रासस) । बिर्तामोड–१ स्थित पञ्चकन्यामा रु ३८ लाखका लागतमा २७ फिटको शिवको प्रतिमा निर्माण गरिएको छ ।
प्रदेश नं १ कै सबैभन्दा ठूलो र आकर्षक शिव प्रतिमाको महाशिवरात्रिका अवसरमा यही फागुन २७ गते अनावरण गरिने छ ।
स्थानीय समुदायको लगानी र व्यवस्थापनमा महादेवको प्रतिमा स्थापना गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
नौ फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि बनाइएको शिवको प्रतिमा कला र सौन्दर्यका हिसाबले प्रदेश नं १ कै उत्कृष्ट र भव्य रहेको निर्माण समितिका संयोजक दीपक दहालले जिकिर गरे ।
प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको र आवरणमा फाइबर प्रयोग गरिएको छ । प्रतिमासँगै निर्माण समितिले पूर्वपश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि बनाएको छ ।
–––
–––
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives