गारतारोबासिन्दा आन्दोलित, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा धर्ना(भिडियो)

राष्ट्र न्यूज सम्वाददाता
फागुन २५, २०७७
1

पोखरा, २५ फागुन । पोखरा १६ गारतारोकाबासिन्दाले आन्दोलन शुरु गरेका छन् ।

गारतारो कसेरी संघर्ष समितिको नेतृत्वमा उनीहरु आन्दोलनमा उत्रेका हुन् । गारतारो कसेरीमा व्यत्तिको जग्गा जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयबाट ३० वर्ष अघि फिल्टर बनाउनका लागि अधिग्रहण गरी हालसम्म मुआब्जा नदिएको विरोधमा उनीहरु आन्दोलित भएका हुन् ।

सर्वाेच्च अदालतले २०६५ सालमा पीडित पक्षलाई कानून बमोजिम मुआब्जा दिन आदेश दिएपनि अहिलेसम्म कार्यान्वयन नभएको उनीहरुको गुनासो छ ।

संघर्ष समितिको नेतृत्वमा मङ्गलबार जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीमा १ घण्टा धर्ना दिइएको छ । पीडित परिवारका ५० भन्दा बढीले सरकारले आफूलाई अन्याय गरेको भन्दै नाराबाजीसहित बिहान १० देखि ११ बजेसम्म धर्ना दिएको संघर्ष समितिका उपसंयोजक धर्मराज थापाले जानकारी दिए ।

धर्नासँगै कार्यालयलाई ज्ञापनपत्र समेत बुझाएर थप आन्दोलन घोषणा गर्दै अल्टिमेटम समेत दिइएको छ । समितिले चैत १७ सम्म उचित क्षतिपूर्तिसहित जग्गा फुकुवा नभए १८ गतेदेखि प्रत्येक बुधबार सेती नहरको पानी बन्द गर्ने र वैशाख १५ बिहीबारदेखि सेती नहर सिंचाई बन्द गर्नेसम्मको चेतावनी दिएको छ ।

धर्नाका क्रममा हामी कहिलेसम्म पीडित हुने ?, गारतारो कसेरीको जग्गा रोक्का फुकुवा गरियोस, जनतालाई सुकुम्बासी बनाउन पाइदैन, जनताप्रति राज्य किन निरीह ?,सिंचाई कार्यालय अब हामी जाग्यौं जस्ता नारा लगाइएको थियो ।

संघर्ष समितिका संयोजक रुद्रबहादुर थापा र सचिव सन्दीप थापाले राज्यले आफूहरुलाई अन्याय गरेको भन्दै तत्काल न्याय दिन आग्रह गरे ।

उता जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले मुआब्जा दिने विषय प्रक्रियामा रहेको बताए । आवश्यक अध्ययन अनुसन्धानपछि काम अघि बढाइने उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पोखराको कोटीहोम प्रचारका लागि ट्याक्सी ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १२, २०८२
    पोखरा १२ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८२
    पोखरा ११ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली

    राष्ट्र न्यूज सम्वाददाता वैशाख १०, २०८२
    पोखरा १० बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने

    प्रकाशचन्द्र सापकोटा वैशाख ९, २०८२
    पोखरा ९ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान…
  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…