पोखरा, २५ फागुन । महिलाका लागि बनेका कानूनहरुको कार्यन्वयनमा दबाब दिनुपर्नेमा जोड दिइएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्की महिला समितिले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले सो कुरामा जोड दिएका हुन् ।महिलाका लागि कानून बनेपनि कार्यन्वयनको अवस्था कमजोर रहेको उनीहरुको भनाइ थियो ।
विभिन्न क्षेत्रका महिला वत्ताहरुले अझै पनि परिवार र समाजमा महिला मैत्री वातावरण निर्माण हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । परिवार, समाज र देशको उन्नतीका लागि महिला र पुरुषको सामूहिक प्रयास आवश्यक रहेको उनीहरुको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ललिता गुरुङले महिला अधिकारलाई कागजी दस्तावेजमा मात्रै सिमित नराखेर व्यवहारिक कार्यन्वयन आवश्यक भएको औल्याइन् ।
नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति कास्कीका संयोजक पुर्ण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा ,कास्कीका अध्यक्ष विजयराज भण्डारी ,पूर्व अध्यक्ष कुलदेवी वराल, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट ,नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, कास्की उपाध्यक्ष रविना आले,गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालुमाया रेग्मी ,नेपाल व्युटिसियन संघ कास्कीका अध्यक्ष शर्मिला रानाभाट , नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कास्की उपाध्यक्ष लक्ष्मी पहारी, नेपाल टेड युुनियन कास्की उपाध्यक्ष कमला खाती क्षेत्री लगायतले बोलेका थिए।
कार्यक्रम महिला समिति सचिव भिममाया सुवेदी र सहसचिव श्रद्वा सुवेदीले संयुक्त रुपमा संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives