काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश

राष्ट्र न्यूज सम्वाददाता
फागुन २४, २०७७
congress

पोखरा, २४ फागुन । पोखरा १९ घार्मिमा विभिन्न पार्टी परित्याग गरी २० जना भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ ले गरेको कार्यक्रममा काँग्रेसले मात्रै मुलुकको भलो गर्ने भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन् । नेपाली काँग्रेस महासमिति सदस्य बाबुराम आचार्यले उनीहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १९ का सभापति महेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य पुष्पेन्द्र पाण्डे,शंकर ढुङ्गाना,क्षेत्रीय सचिव खिमलाल बास्तोला र वडा कार्यसमितिका सचिव बिण्णु बास्तोला प्रकाशले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार