लामाचौर स्वास्थ्य चौकीको नयाँ भवन,स्थानियवासी हर्षित

राष्ट्र न्यूज सम्वाददाता
फागुन २४, २०७७
grg1

पोखरा, २४ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले शिक्षा र स्वास्थ्य जस्तो जनतासँग प्रत्यक्ष जोडिएका विषय निजी क्षेत्रलाई संचालन गर्न दिन नहुने बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं.–१९ घार्मीमा रहेको लामाचौर स्वास्थ्य चौकीको रजत जयन्ती तथा नवनिर्मित भवनको उद्घाटन गदै उनले विपत्का वेला सरकारी अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको वताउदै निजी स्वास्थ्य संस्थाले प्रभावकारी भुमिका खेल्न नसकेको गुनासो गरे ।

‘कोभिड महामारीका वेला निजी अस्पतालको भुमिका देखिएन मुख्यमन्त्री गुरुङले भने, राज्यलाई आवश्यक परेको वेला सेवा नदिने अस्पताल के काम ।’

फरक प्रसङ्गमा नेकपा ओली समुहका नेता समेत रहेका मुख्यमन्त्री गुरुङले वर्तमान सरकारले जनताका पक्षमा राम्रो काम गर्दा पनि पार्टीका नेताले साथ नदिएका कारण अहिलेको परिस्थिति आएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङ, सासद जगत विश्वकर्मा, प्रदेश सांसद विन्दुकुमार थापा, पुष्पा केसी भण्डारीले चौकी निर्माणमा जग्गादान गर्ने जग्गादाताहरु स्व. भिमप्रसाद पौडेल र टंकनाथ पौडेलका प्रतिनिधि भोलानाथ पौडेल,स्व. दयासागर पौडेलका प्रतिनिधि सरला पौडेल, स्व. लिलानाथ पौडेलका छोरा नारायण पौडेल, जग्गादाता हिरादेवी पौडेल, तुलसीदेवी पौडेल र सोमराज गरुङ सहित स्थापनाकालदेखि हालसम्मका स्वास्थ्य स्वयंसेवक, कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य चौकी स्थापनामा महत्वपुर्ण भूमिका खेल्ने विभिन्न क्षेत्रका व्यत्तित्वलाई सम्मान गरेका थिए ।

संघिय सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणबाट निर्माण भएको १२ कोठे भवन करिव १ करोड ४३ लाख रुपँैयाको लागतमा निर्माण सम्पन्न भएकोे हो ।भवन निर्माण भएसँगै सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिएको छ ।उक्त चौकीबाट हाल वाल स्वास्थ्य, मातृ स्वास्थ्य, क्षयरोग तथा सरुवा रोग नियन्त्रण, नियमित खोप कार्यक्रम, गाउँघर क्लिनिक, विरामी उपचार लगायतका सेवा संचालन भएको स्वास्थ्य चौकीका प्रमुख श्यामसुन्दर आचार्यले जानकारी दिए ।

उक्त स्वास्थ्य चौकीको सेवा घार्मीमा स्थानिय युवा क्लवको भवनवाट शुरु गरिएको थियो भने पछि तत्कालिन जिल्ला विकास समितिको सहयोगमा सामान्य जस्तापाताको टहरो वनाई सेवालाई निरन्तरता दिईएको थियो । पोखरा महानगरभित्रै भएर पनि सामान्य स्वास्थ्य सेवा पनि नपाएका स्थानियवासी भवन निर्माण भई सहज रुपमा स्वास्थ्य सेवा पाएपछि हर्षित भएका छन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभा सदस्य बराललाई पितृशोक

    राष्ट्र न्यूज सम्वाददाता फागुन २७, २०७९
    पोखरा, २६ फागुन । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराललाई पितृशोक परेको छ । उहाँका बुबा लोकराज बरालको ८२ वर्षको…
  • कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २७, २०७९
    पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति…
  • राष्ट्रपतिमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति…
  • विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा…
  • महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने

    राष्ट्र न्यूज सम्वाददाता फागुन २३, २०७९
    पोखरा, फागुन २३ गते ।पोखरा महानगरपालिकाले ११३ औँ अन्तराष्टिय महिला दिवसको अवसरमा “लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको…