पोखरा, २३ फागुन । कास्कीमा केही दिन अघि मात्रै सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानेर आफूले कुनै पनि गल्ति नगर्ने बताएका छन् ।
‘कामको सिलसिलामा जानेर कुनै गल्ति गर्दीन उनले भने, कुनै गल्ति गरे भने औल्याइदिनु होला।’
कास्कीमा पदभार सम्हालेको पाँचौ दिन आइतबार कास्कीका पत्रकारसँग सुझाव लिने क्रममा उनले आमनागरिकलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्वता व्यक्त गरे।
उनले कानूनी शासन र सुशासनलाई प्राथमिकता दिने उल्लेख गरे।‘चमत्कार गर्छु भन्दिन,उनले भने, नियम, कानून र पद्वतीमा रहेर सके जति गर्छु।’
प्रमुख जिल्ला अधिकारी गौतमले नराम्रा मात्र नभएर राम्रा समाचारलाई पनि प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गरे ।
पत्रकारहरुले बजार अनुगमन, सरकारी कार्यालयमा रहेको बिचौलिया नियन्त्रण, नागरिक मैत्री सेवा प्रदान गर्न सुझाव दिएका थिए ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता