पोखरा, २२ फागुन । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय हाजिर जवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ ।
प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीका ममता खत्री, आयुषा गुरुङ, राज अधिकारी, निरज कुमालको समूह प्रथम भएका हुन् ।
मर्निड्ड ग्लोरी एकेडेमी स्कूलका सुषान तिवारी, स्मृति अधिकारी, रचित सापकोट र आयुषा गिरीको समूह द्धितीय भए ।
कास्की मोडनाइज्ड एकेडेमीका विज्ञान गुरुङ, सेरोन गुरुङ, सोहन सुवेदी र कृष्टीना सापकोटाको समूह तृतीय भए भने अञ्जुली वोर्डिङ स्कूलका मिनष पुन, प्रमिस अधिकारी, प्रेजन अधिकारी र सन्तोषी ढकाल सान्त्वना भए ।
विजयी समूहलाई कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रथम उपाध्यक्ष शिवदत्त तिवारी,द्धितीय उपाध्यक्ष केशवशरण पौडेल, कार्यक्रम संयोजक राजु कायस्थ सदस्य सञ्जय पौडेलले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता दुई दिन सम्म चलेको थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले विद्यार्थीलाई सिकाईको अवसर मिलेको बताए ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश