पोखरा, २१ फागुन । नेशनल प्याव्सन कास्कीको आयोजना अन्तरविद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।
नेशनल प्याव्सनमा आवद्ध ३१ विद्यालय सहभागिता रहेको उक्त प्रतियोगिता शनिवारसम्म चल्ने अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कार्यक्रममा राष्ट्रिय परीक्षा वोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख विष्णु नारायण श्रेष्ठले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता कोषेढुड्डा सावित हुने बताए ।
‘विद्यार्थीलाई घोकन्ते शिक्षा नभई उसको क्षमताको आधार पढाई हुन जरुरी छ’ उनले भने, ‘विद्यार्थीसँग केही न केही क्षमता छ त्यसलाई निकालिदिने काम शिक्षकले गर्नुपर्दछ ।’
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ समितिका निमित्त प्रमुख निलकण्ठ ढकालले यस्ता खालका प्रतियोगिताले विद्यार्थीलाई अवसर सृजना गर्ने बताए ।
पोखरा महानगर पालिका शिक्षा महाशाखाका सहायक प्रमुख वसन्तराज पौडेलले प्रतियोगिताले पठनपाठनमा सहयोग पु¥याउने बताए ।
नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले प्रतियोगितामा वौद्धिक क्षमता देखाउने अवसर मिल्ने बताए ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक राजु कायस्थले स्वागत र सहसचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives