पोखरा, २१ फागुन । पोखरामा कोभिड–१९ विरुद्वको खोप भण्डारण गृह निर्माण गरिने भएको छ ।
सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले पोखरा रानीपौवास्थित स्वास्थ्य तालिम केन्द्रमा भण्डारण गृह निर्माण गर्न लागेको हो ।
गण्डकी प्रदेशका नागरिकका लागि आवश्यक कोभिड विरुद्वको खोप व्यवस्थापनका लागि भण्डारण गृह आवश्यक भएको हो ।
कोभिड विरुद्वको खोपका लागि उत्पादनदेखि लगाउँदासम्म २ देखि ८ डिग्री तापक्रम मिलाउनुपर्ने हुन्छ । भण्डारण गृहको आवश्यक व्यवस्थापन गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रले गर्ने छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार भण्डारण गृहको शिलान्यास गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा राज्यले ठूलो लगानी रहेको उल्लेख गरे । शिक्षा, स्वास्थ्य र सामाजिक न्याय राज्यको दायित्व भएको उनको भनाइ छ ।
गण्डकी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रका प्रमुख खिमबहादुर खड्काले गण्डकी प्रदेशका ४० लाख नागरिकका लागि खोप व्यवस्थापन गर्न सक्ने गरी भण्डारण गृह निर्माण गरिएको जानकारी दिए ।
वैशाख १७ भित्र भण्डारण गृह निर्माण गरी सक्ने तयारी छ । प्रमुख खड्काका अनुसार भण्डारण गृहभित्र वाकिङ कुलर जडान गरी जेठबाट खोप भण्डारण गर्न शुरु गरिने छ ।
भण्डारण गृह एक करोड १२ लाखको लागतमा निर्माण हुनेछ ।
Related News
सम्बन्धित समाचार
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
व्यवसायी शर्मा सम्मानित
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच