प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

रासस
फागुन २१, २०७७
Nepal_Police

म्याग्दी, २१ फागुन (रासस) । झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आलेमगरले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् ।

नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो ।

बुधबार आफैँ प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

उनका अनुसार दुवै जना प्रहरी हिरासतमा छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई यही २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो ।

दीपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो ।

भण्डारीविरुद्ध झुट्टा विवरण पेश गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडाध्यक्ष र सचिव पनि अनुसन्धानमा परेका हुन् । रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताए । सोह्र वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ । रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गरेका थिए । उनले पेश गरेका कागजात शङ्कास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives