करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु

Avatar राष्ट्र न्यूज सम्वाददाता
फागुन १९, २०७७
current

पोखरा, १९ फागुन । करेन्ट लागेर तनहुँको बन्दिपुर गाँउपालिका–४ डुम्रे खोलाका १५ वर्षीय स्वारुप तामाङको मृत्यु भएको छ ।

मुख्य लाईनको (केन्द्रीय लाईन) तारबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान भैरहेको छ ।

Related News

सम्बन्धित समाचार